दफा १४१
प्रत्यर्थी अनुपस्थित भएमा पुनरावेदनको एकतर्फी सुनुवाई हुने
(१) दफा १४० को उपदफा (३) बमोजिम दिइएको सूचनाको म्यादभित्र प्रत्यर्थी उपस्थित नभएमा पुनरावेदन सुन्ने अदालतले पुनरावेदनको निर्णयको लागि कम्तीमा पन्ध्र दिन पछिको तारिख तोकी त्यस्तो तारिखको दिन पुनरावेदनको सुनवाई गरी निर्णय गर्न सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रत्यर्थीले दफा १४० को उपदफा (३) बमोजिम दिइएको सूचनाको म्यादभित्र उपस्थित हुन नसकेको कुनै मनासिब कारण देखाई उपदफा (१) बमोजिम तोकिएको तारिख अगावै निवेदनपत्र दिएमा र त्यस्तो कारण मनासिब देखिएमा अदालतले निजको म्याद थामी उपदफा
(१) बमोजिम तोकिएको तारिखको दिन निजलाई उपस्थित हुने आदेश दिई पुनरावेदन उपरको सुनुवाई गरी मुद्दाको निर्णय गर्न सक्नेछ ।